एसइईको नतिजा कसरी हेर्ने, यस्ता छन् विभिन्न तरिका ?

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा वेब साइट वा एसएसएसबाट थाहा पाउन अझै केही घण्टा लाग्ने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एक घण्टापछि अपलोड हुने भएकाले नतिजा हेर्न केही घण्टा लाग्ने बताए।
यसपटक एसइईमा ६१.८१ प्रतिशत विद्यार्थीहरू ग्रेडेड भएका छन्।

जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन्।

यस वर्ष एसइईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको बताएका हुन्। गत वर्षको तुलनामा यस वर्षको नतिजामा उल्लेख्य सुधार भएको पनि उनले बताए। गत वर्ष ग्रेडेड हुनेको संख्या ४८ प्रतिशत थियो।

बोर्डका अनुसार नियमिततर्फ जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ।

कसरी हेर्ने