सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १४ सय रुपैयाँले बढेर दुई लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला ४७३० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४७ हजार ५ सय १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४०५५ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।