पर्वतको लाङ्दीमा पहिरोले घर पुरिंदा श्रीमान-श्रीमती बेपत्ता

काठमाडौं। पर्वतमा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जना बेपत्ता भएका छन्। मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा एकतले घर पुरिंदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका हुन्।
वर्षासँगै आएको पहिरोले घर पुरिँदा छविलाल दम्पत्ति बेपत्ता भएको वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए। उनका अनुसार बुहारी ३२ वर्षीया पवित्रा भने हाम फालेर बचेकी छन्। अहिले स्थानीयले उद्धारकार्य जारी राखेका छन्।
