‘कम्युनिष्ट पार्टीमा जसले नेतृत्वको जयजयकार गर्छ,उसैलाई आशीर्वाद’
काठमाडौं।नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले कम्युनिष्ट पार्टीका नेतृत्वमा व्यक्तिवादी प्रवृती मौलाएको बताएका छन्। आज काठमाडौंमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा ‘वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन’ विषयक अन्तर्क्रिया कार्यक्रममा धारणा राख्दै उनले बिस्तारै पार्टीमा नेतृत्वको वरिपरि गोलबद्ध हुने र नेतृत्वको जयजयकार गर्ने, दलाली गर्ने र नतमस्तकता प्रस्तुत गर्ने एउटा प्रवृत्तिको विकास भएको बताए।
कम्युनिष्ट पार्टीको नेतृत्वमा पनि जसले प्रशंसा गर्छ, उसैलाई आशीर्वाद दिने प्रवृत्ति मौलाएको उनलको आरोप छ। उनले यस्तो प्रवृत्तिले कम्युनिष्टको सत्तो हराएको बताए।
शर्माले कम्युनिष्ट पार्टीभित्र प्रश्न र आलोचनाहरूको आफ्नो महत्त्व रहेको बताए। तर,नेपालका कम्युनिष्ट पार्टीहरूमा प्रश्न र आलोचनाका लागि ठाउँ नरहेको उनले बताए।
कम्युनिष्ट पार्टीहरूभित्र आलोचना, प्रश्नहरूको भूमिका हुन्छ,महत्त्वपूर्ण हुन्छ। आलोचना महत्त्वपूर्ण शिक्षाहरू हुन्। कम्युनिष्ट पार्टीभित्र प्रश्नहरू सुन्न पनि तयार भइँदैन,उनले भने।
शर्माले आफूहरूले राज्यपुर्नसंरचनाको कुरा उठाएका भए पनि अहिले मुद्धाको विषय बन्न नसकेको बताए। नेताहरू सत्ताको कुर्सी प्राप्तिमा लागेकै कारण नयाँ संविधान कार्यान्वयन गर्न सकिएको उनको दाबी छ।
उनले भने, पुरानै राज्य संरचना, माइड सेटले नयाँ संविधानको कार्यान्वयन,जनताको अधिकारको कार्यान्वयन गर्न उनीहरू तयार भएनन्। राजनीतिक नेतृत्व उनीहरूकै कारिन्दा जस्तो भयो। पुरानै माइन्ड सेटबाट परिचालित भए। व्यक्तिगत निहित स्वार्थमा पार्टनरसिप गरेर एकले अर्कालाई प्रशंसा गर्न स्थिति सिर्जना भयो । यो दुर्भाग्यपूर्ण स्थिति हो।
