कुलिङ पिरियडमा एमालेले ‘म्याउ’ गरि छाड्यो: अध्यक्ष प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती विधेयकमा कुलिङ पिरियडमा भएको छेडखानीमा ‘नेकपा एमाले म्याउ’ गरेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कुलिङ पिरियडमा भएको छेडखानीमा एमाले र यसको नेतृत्व जिम्मेवार रहेको आरोप लगाएका हुन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेको अध्यक्ष प्रचण्डले भने, ‘कुलिङ अफ पिरियड २ वर्ष सर्वसम्मत भएको हो तर,अहिले सरकारको नेतृत्व गर्ने पार्टीले राष्ट्रिय सभामा पहिला भन्दा त सबैले संशोधन राख्ने, २ वर्षे कुलिङ अफ पिरियडको पक्षमा भन्ने थियो। तर अहिले त्यो राख्न हुन्न भनेर लास्टमा गएपछि चीज के रहेछ भने बिरालोले अन्तिममा म्याउ गरि छाड्यो भने जस्तै एमालेले म्याउ गरि नै हाल्यो।
उनले एमालेको नियत नै निजामती विधेयकमा छेडखानी र षड्यन्त्र गर्ने रहेको देखिएको बताउँदै भने, ‘उसको ९एमाले० नियत नै रहेछ यसका विरुद्ध षड्यन्त्र गर्ने। त्यसकारण मैले भनेको छु यसको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनु पर्दछ।
प्रचण्डले आफूले संसदीय छानबिन समितिलाई शंकाको सुई पहिला पनि प्रधानमन्त्रीतिर सोझिएकै बताउँदै भने, ‘तर ठोस रुपमा भन्ने आधार थिएन। अहिले एमालेका सांसदहरुले गरेको गतिविधिबाट र संशोधनबाट यो एमाले पार्टी र त्यसको नेतृत्वको नियतकै कारणले भएको हो।
छानबिनको दायरामा प्रधानमन्त्री स्वयंलाई पनि पारिनुपर्ने उनले तर्क गरे। प्रचण्डले भने,छानबिनको दायरामा प्रधानमन्त्री स्वयं पनि पारिनुपर्छ भनेर हामीले भनेका छौं। हाम्रा माननीय सदस्यहरुले सदनमा कुरा उठाउनु भएको छ।
