विश्वकप लिग-२: नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

फाइल तस्वीर

काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ।नेपाली समय अनुसार  दिउँसो पौने ३ बजे सुरु हुनेछ।

यसअघि तीनवै खेलमा पराजित भएको नेपालले आज नेदरल्याण्ड्सँग चौथो खेल खेल्न लागेको हो। सोमबार आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग तीन रनले पराजित भयो।

दरल्यान्ड्सको युट्रेच्ट शहरस्थित स्पोर्टपार्क मार्सचाल्करविर्ड मैदानमा नामिबियाले दिएको २१२ रनको लक्ष्य नेपालले पछ्याउन सकेन । ५० ओभरको समाप्तिमा नेपालले ६ विकेट गुमाउँदै मात्र २०८ रन जोड्न सक्यो। जसका कारण करण केसीको ‘फाइभ विकेट हउल’ अर्थहीन रह्यो

लगातार तेस्रो हारसँगै अंकतालिकाको शीर्ष चारमा पर्ने नेपालको झिनो सम्भावना कठिन मोडतिर धकेलिएको छ।

पाँच खेल बाँकी रहेको अवस्थामा नेपाल अहिले २४ अंकसहित छैटौं स्थानमा छ। समान खेलमा नामिबिया २६ अंक जोड्दै पाँचौं स्थानमा उक्लिएको छ। तीन खेल कम खेलेको ओमान ३१ अंकसहित चौथो स्थानमा छ।

अंकतालिकाको शीर्ष चारमा अटाउने टोलीले सोझै अर्को वर्षको आइसिसी विश्वकप छनोट खेल्न पाउने सेटअप छ।

यसअघि पहिलो भेटमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले हराएको थियो।