छोरा भेट्न हेटौंडा हिडेकी राधा बाटोमै अस्ताइन्,श्रीमान घाइते
काठमाडौं । रामेछापबाट खुर्कोट हुँदै हेटौंडा जाँदै गरेको स्कारपियो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
आइतबार बिहान मन्थली–६ कुनौरीमा स्कारवियो दुर्घटना हुँदा मन्थली नगरपालिका–११ बस्ने ४१ वर्षीया राधा कार्की चौहानको मृत्यु भएको हो । स्वास्थ्यकर्मी समेत रहेकी उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा राधाका श्रीमान् ४६ वर्षीय उत्तम चौहान घाइते भएका छन् । घाइतेलाई उत्तमको सामुदायिक अस्पताल रामेछापमा प्राथमिक उपचार गरेर थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
प्रहरीका अनुसार चौहान दम्पती छोरालाई भेट्न हेटौंडा जाँदै थिए । गाडी सडकमा आएको पहिरोबाट तल खसेको छ।

