दैलेखमा लखेटीलखेटी बालिका बलात्कार,दुई जना पक्राउ
काठमाडौं। दैलेखमा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ मा १२ वर्षीया बालिका गाउँकै दुई युवाबाट बलात्कारमा परेकी हुन् ।
साउन २२ गते साँझ तिजको नाँच हेरेर घर फर्किँदै गरेकी ति बालिकामाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर लालबहादुर सुनारले जानकारी दिए ।
उनका अनुसार साथीहरुसँग घर फर्किँदै गरेकी ति बालिकालाई गाउँकै २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीले लखेटीलखेटी बलात्कार गरेका थिए ।
पीडित बालिकाका आफन्तले शुक्रबार प्रहरीलाई जाहेरी दिएपछि आरोपीतहरु दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हातमा चोट र गुप्ताङ्गमा घाउ भएकी बालिकाको जिल्ला अस्पताल दैलेखका उपचार भइरहेको प्रहरीले जनाएको छ ।
