आज मिति २०८२ साल भदौ १६ गते सोमबार पाथिभरा माताको दर्शन गरि आजको राशिफल पढ्नुहोस्
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् र नसोचेको ठाउँबाट लाभ मिल्ने सम्भावना छ । भाग्योदयको समय आएको छ । अरूको कामको मूल्याङ्कन गर्नुपर्ने दिन हो । धैर्यधारण गरी परिश्रम गर्दा सफलता मिल्नेछ । प्रशंसकहरू बढ्नेछन् । आर्थिक कार्य लाभदायी हुनुका साथै पारिवारिक सुख पनि प्राप्त हुनेछ ।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- रमाइलो तरिकाले काम गर्ने अवसर प्राप्त हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ मिल्ने योग छ । व्यापार सामान्य रहला तर कतैबाट आर्थिक लाभ हुने सम्भावना छ। चनाखो रहनु पर्नेछ । अधूरा कामहरू सम्पन्न हुने दिन हो । पैतृक सम्पत्तिबाट फाइदा हुनुका साथै धार्मिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- खर्च गर्दा होस पुर्याउनुहोला । स्वास्थ्यका लागि खानपानमा सजग रहनु आवश्यक छ । सहयोगको आशा देखाउने व्यक्तिबाटै धोका पाइने सम्भावना छ। अरूको भर मात्र पर्नु पर्दैन । विवादमा पर्न सकिने हुँदा सचेत रहनुहोस् । शारीरिक तथा मानसिक आलस्य बढ्ने र झगडा हुने दिन देखिन्छ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- हानी नगरेपनि अरूले काममा बाधा पुर्याउन सक्छन्, जसले प्रगति गर्न कठिन हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपर्ने दिन छ। जागिरमा समस्या आउन सक्छ। परिवारभित्र असमझदारी बढ्ने र मान्यजनको सुझाव अप्रिय लाग्ने सम्भावना छ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यापार र रोजगारीमा लाभ मिल्नेछ । यात्रामा भने सावधानी अपनाउनु होला । आतिथ्यपूर्ण सम्मान पाइनेछ । नयाँ रोजगारी वा अवसर प्राप्त हुन सक्छ। प्रतिस्पर्धी माथि विजय प्राप्त हुनेछ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय र समृद्ध बन्नेछ।
कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- जागिर तथा राजनीतिमा गरेका प्रयासहरू सफल हुनेछन् । अरूले तपाईंको प्रशंसा गर्नेछन् । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामका लागि नयाँ अवसर आउनेछ । मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ । मान सम्मान बढ्नेछ । पारिवारिक समस्याको समाधान हुनेछ ।
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- पेट सम्बन्धी समस्या देखिन सक्ने भएकाले स्वास्थ्यमा कमजोरी आउनेछ । नयाँ कामको थालनी नगर्नुहोला । बाध्यताका काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । रोगले सताउने सम्भावना छ । धेरै बोल्ने बानीले दुस्ख पाइने योग छ । धनको हानी पनि हुने सम्भावना छ ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । धन र अन्न दुवैको लाभ हुनेछ । प्रेम सम्बन्ध सुखद रहनेछ । ग्रहको सकारात्मक प्रभावले मनमा उत्साह, उमंग र जोश बढ्नेछ । ठूला व्यक्तिको सल्लाह अनुसार अघि बढ्नु राम्रो हुन्छ । प्रशस्त समर्थन पाइनेछ । मन्दिर भ्रमणको योग छ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- आर्थिक क्षेत्रमा प्रगति हुनेछ । यात्राको सम्भावना छ । परिवारमा खुसी छाउनेछ । प्रयास जारी राख्दा लक्ष्यमा पुग्न सकिनेछ । गरिरहेको कामबाट लाभ हुने समय आएको छ । धन कमाउने अवसर मिल्नेछ । तर, जागिरमा केही समस्या देखा पर्न सक्छ ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- स्वास्थ्यमा सुधार आउनेछ । पढाइमा मन जानेछ । सही निर्णय लिन सकिने दिन हो । व्यवसायिक काममा भने समस्या आउन सक्छ । टाढाको यात्राको योग छ । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोस् । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरू बन्नेछन् ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- सोचे अनुसार काम बन्न कठिन हुनेछ । नयाँ लुगा र मीठा खानेकुराको आनन्द मिल्नेछ । केही पैसाको हानी हुने सम्भावना छ । समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न कठिन हुनेछ । खर्च बढ्नेछ । कुन काम गर्ने भन्ने निर्णयमा अन्योल रहन सक्छ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- अधुरा काम पूरा हुनेछन् । नयाँ काम सुरु गर्ने अवसर मिल्नेछ । जागिरमा आफ्नो प्रभाव बढाउन सकिनेछ । दिन सामान्य रहनेछ तर अध्ययनमा समय दिन नसकिने सम्भावना छ । ग्रहको सहयोगले प्रयास गरेका काममा लाभ हुनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ । प्रयास गरेको काम छोटो समयमा सम्पन्न हुनेछ।
