नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तार गरेकी छिन्। उनले नियुक्त गरेका तीन मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, ओमप्रकाश अर्याल र कुलमान घिसिङलाई शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराए।

घिसिङलाई उर्जाका साथै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। अर्याललाई गृह र कानुन तथा खनालले अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्।

जेनजी आन्दोलनका कारण नागरिक स्तरको सरकार गठन हुने परिस्थिति बनेपछि कार्की शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी थिइन्।