ट्राफिक प्रहरीले २४ घण्टामा गर्यो १२ सय ९ जनालाई कारवाही

काठमाडौं। पछिल्लो २४ घण्टामा १ हजार बढी ट्राफिक कारवाहीमा परेका छन्। ट्राफिक प्रहरीले दिएको तथ्यांकअनुसार आइतबार बिहानसम्म १ हजार २ सय ९ जना ट्राफिक कारबाहीमा परेका हुन्।

ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने ९६ जना, राइड सेयरिङमा ५० जना, रातो बत्तीमा ५१ जनालाई कारबाही गरिएको छ।

त्यस्तै, तीव्र गतिमा सवारी साधन चलाउने १ सय ४३ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ५६ जना, लेन क्रसमा ४१ जना, अवस्था ठिक नभएकोमा ४३ जना, एकतर्फीमा २५ र अन्यमा ७ सय २४ जना चालकलाई कारवाही गरिएको छ।