जेन–जीका शहीद परिवारलाई क्षतिपूर्तिबापत रकम हस्तान्तरण

कैलाली। जेन–जी आन्दोलनका क्रममा काठमाडौंमा ज्यान गुमाएका धनगढीका शहीद गौरव जोशीका परिवारलाई क्षतिपूर्तिस्वरुप रु १५ लाख सहयोग प्रदान गरिएको छ। सहिद जोशीका परिवारलाई क्षतिपूर्तिस्वरुप सो रकम आइतबार प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

गृह मन्त्रालयमार्फत प्राप्त रकम सहिद जोशीका आमा माया जोशीको खातामा भुक्तानी गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारलाई क्षतिपूर्तिबापत उक्त रकम हस्तान्तरण गरिएको बताए।