बढ्दो सुरक्षा चुनौतीबारे गृहमन्त्री अर्यालले लिए चारवटै सुरक्षा निकायबाट ब्रिफिङ

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन्। उनले बिहीवार सिंहदरबारस्थित मन्त्रालयमा चारवटै सुरक्षा निकायसँग छलफल गरेका हुन्।

उनले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुख टेकेन्द्र कार्की तथा नेपाली सेनाका प्रतिनिधिसँग छलफल गरेका हुन्।

उनले पछिल्लो राजनीतिक घटनाक्रम, बढ्दो सुरक्षा चुनौती तथा विपद् व्यवस्थापनबारे जानकारी लिएका बताइएको छ।