पार्टीभित्रै ईर्ष्या, डाहा र खुट्टा तान्नेस्थिति छ: ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र एकमना एकताको स्थिति कहिल्यै नरहेको बताएका छन् । केन्द्रीय कमिटीको दशौं बैठकलाई सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्री भएका बेला सधैं इष्र्या, डाहा, खुट्टा तान्नेस्थिति रहेको बताए ।
उनले भने, ‘पार्टीमा एकमना एकताको स्थिति कहिले पनि रहेन। इष्र्या, डाहा, खुट्टा तान्नेस्थिति सधैं रह्यो । मेरो नेतृत्वको सरकारलाई कसरी असफल बनाउने भन्नेमा पार्टीभित्रैबाट लगातार विरोध, झुठ, फरेबको स्थिति बनाइयो ।
उनले जेन–जीको दुईदिने आन्दोलनबाट यसपटक प्रधानमन्त्रीको पद त्याग गर्न बाध्य भएका ओलीले संविधान जारी भएपछिको निर्वाचनबाट बनेको नेकपाको सरकारलाई पार्टीभित्रैबाट असफल बनाइएको दावी गरे ।
आफू नेतृत्वको सरकारले ऐतिहासिक महत्वका दूरगामी काम गर्दै गएपछि सरकार ढाल्ने काम भएको उनको भनाइ छ।

