नेपाली फुटबलका प्रशिक्षकले दिए राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन्। पुरुष फुटबलको प्रशिक्षकमा नियुक्त भएको करिब ८ महिनामै रसले पदबाट राजीनामा दिएका हुन्।

गत फागुनमा एन्फा र अस्ट्रेलियाली प्रशिक्षक रसबीच एक वर्षका लागि सम्झौता भएको थियो। रसले करिब आठ महिनामै राजीनामा दिएको एन्फाका महासचिव किरण राईको जानकारी दिए। उनले के कारणले राजीनामा दिए भन्ने विषयमा पछि जानकारी गराउने राईले बताए।

आठ महिनामा रसको प्रशिक्षकमा नेपाली फुटबल टोलीले सात अन्तरराष्ट्रिय खेल खेलेको थियो। जसमा नेपालले एक खेलमा जित हासिल गर्दा दुई खेल बराबरी तथा चार खेलमा पराजित भएको थियो। रसको प्रशिक्षणमा खेलेको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई हराएको थियो।