युके पठाउने भन्दै ७ लाख ठग्ने व्यक्ति पक्राउ
काठमाडौं। युके पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीय रिजवान शेष रहेका छन् ।
उनले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर युके पठाउने भन्दै एक जनाबाट ७ लाख ठगी गरी सम्पर्क विहीन भएका थिए ।
पीडितले दिएको उजुरीका आधारमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले साउन १९ गते काठमाडौँ महानगरपालिका ३१ बाट पक्राउ गरेको थियो।
हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
