आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ।

त्यस्तै आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने छ भने कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ। त्यस्तै आज राती देशभर मौसम मूख्यतया सफा रहने विभागले जनाएको छ ।