नेता पोखरेलको आरोप-सरकार निर्वाचनतर्फ अग्रसर छैन

काठमाडौँ । नेकपा एमालेक महासचिव शंकर पोखरेलले सरकार निर्वाचनतर्फ अग्रसर नभएको आरोप लगाएका छन्। महासचिव पोखरेलले वर्तमान सरकार निर्वाचनतर्फ अग्रसर नभएको र निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्ने कुनै संकेत नदेखिएको टिप्पणी गरेका छन्।

उनले बरु उल्टै सरकारका काम र क्रियाकलाप राजनीतिक दलहरुका गतिविधिलाई निरुत्साहित गर्ने र समाजमा अराजकता, भय र अशान्तिको वातावरण सिर्जना गर्नेमा लक्षित देखिएको बताएका छन्। उनले एमालेले निर्वाचन आयोगमा दल दर्ता गरेको उल्लेख गर्दै केन्द्रीय कमिटी १०औं बैठकको निर्णयअनुसार निर्वाचन आयोगमा दल दर्ता गरेको स्पष्ट गरेका हुन्।

पोखरेलले सरकारले गरेको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको स्पष्ट भएको र यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतमा भइरहेको बताउदै निर्वाचन आयोगमा दल दर्ता गरिएको आधारमा फाल्गुन २१ को निर्वाचन सुनिश्चित भयो भन्नु भ्रमपूर्ण कुरा भएको बताएका छन्।

महासचिव पोखरेलले २३ र २४ गतेको विध्वंसात्मक घटनाका कारणले घाइते बनेको संविधानलाई पुनः क्रियाशील बनाउन, नवयुवा ९जेन्जी० हरुको भावनाको सम्वोधन गर्न र लोकतन्त्रलाई सही बाटोमा फर्काउन प्रतिनिधि सभाको पुनस्थापना अपरिहार्य भएको समेत दाबी गरेका छन् ।