बढ्यो सुनको मूल्य,तोलामा कति ?

काठमाडौं। बुधवार सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार मंगलवारको तुलनामा बुधवार सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो।

मंगलवार प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन बुधवार बढेर २ लाख ४८ हजार ८ सय रुपैयाँ पुगेको छ। महासंघकाअनुसार चाँदीको मूल्य समेत २० रुपैयाँले बढेको छ।

मंगलवार २ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधवार २ हजार २ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।