हुप्सेकोटमा छोराको कुटपिटबाट बुवाको मृत्यु

काठमाडौं। नवलपरासी पूर्वमा छोराको कुटपिटबाट बुवाको मृत्यु भएको छ। गएराति पौने १२ बजे हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ३० वर्षीय सन्तकुमार विकले कुटपिट गर्दा बुवा ६० वर्षीय रामबहादुर विकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार घरायसी विवाद र झै–झगडा हुँदा सन्तकुमारले आफ्ना बुवा रामबहादुरलाई मुक्का प्रहार गरी गम्भीर घाइते बनाएका थिए।

उनलाई उपचारका लागि मध्यबिन्दु अस्पताल डण्डा लगिएको थियो । तर, अस्पतालका डाक्टरले रामबहादुरलाई गएराति सवा १२ बजे नै मृत घोषणा गरेको हो। कुटपिट गर्ने सन्तकुमारलाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।