रामेछापमा बाघको आक्रमणबाट महिलाको मृत्यु

रामेछाप। मन्थली नगरपालिका–९, पुरानागाउँमा गएराति बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
मृतक महिला सोही ठाउँकी ६६ वर्षीया गंगामाया तामाङ भएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोलाकुमार भट्टले बताए। उनका अनुसार स्थानीयले बिहान क्षतविक्षत अवस्थामा महिलाको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।
शव हेर्दा बाघको आक्रमणबाट मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
