आज मंसिर १८ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानी समेत निम्त्याउन सक्छ । रोगले पनि सताउन सक्छ । सरकारी निकायबाट हुने कडि कडाउको सिकार भइएला । दण्ड जरिवानाको पनि सम्भावना छ । पति पत्नी बीच असमझदारी बढ्ने सम्भावना छ । शिर तथा पेटको समस्याले सताउन सक्छ।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- आज तपाइलाई परिवार तथा साथीभाइको सहयोग प्राप्त होला । साथै धन लाभको पनि योग रहेको छ ।व्यापार व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । जीवन साथीलाई केही पीडा हुने ग्रहयोग छ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- नसोचेको ठाँउबाट धन प्राप्त भइ मन प्रसन्न हुनेछ । साथै पढाइमा पनि केहि प्रगती हुने दिन रहेको छ ।आज ब्यापारबाट प्रशस्त धन लाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । नोकरीमा पदोन्नति र पढाइ लेखाइमा पनि प्रगतिको समय छ ।रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । तर घर जग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ । पठन पाठनमा राम्रो उन्नति हुनेछ । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन्।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- विपरीत लिंगीहरू प्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धनमा कसिनेछ तर धनको भने नसोचेको नाश हुने दिन छ । काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथै पुरानो रोगले पुनः दुःख दिन सक्छ। घर खर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ।
कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन्, होसियार रहनु होला । चोट पटक वा हाड जोर्नीमा समस्या आउने देखिएकाले सवारी साधन वा हात हतियार उपयोग गर्दा सावधानी अपनाउनु होला । आर्थिक समस्या समाधान हुनेछ । पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्छ।
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत समेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ। आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन्।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- तपाइको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला। आज रोकिएका काम बनि नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- जीवन साथीको समस्याले चिन्ता बढाउन सक्छ । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउन सक्छ। अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक्छ, सजक रहनुहोला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनु होला।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि –मान सम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ । जीवन साथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ । राष्ट्रियस्तरको मान सम्मान प्राप्त हुन सक्छ। प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुनेछ । काममा आफन्तको सहयोग जुट्न सक्छ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ। परिवारजनको सहयोगले उत्साह बढाउनेछ। स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला । सुखद समाचारले काममा उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ। टाढाको यात्राबाट धन लाभ हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ। व्यापार व्यवसायमा राम्रै फाइदा हुनेछ। इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला।
