आज मंसिर १९ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ होला । स्वास्थ्य कमजोर रहनाले जोस जाँगरमा कमी आउनेछ । पठन पाठनमा समय दिन नसकिएला ।न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- विभिन्न उपहार प्राप्त हुने समय छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ। कीर्तिमानी काम सम्पादन होला । काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । शत्रुहरूको चलखेल बढ्नाले चुनौतीको समेत सामना गर्नुपर्ला।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- आज सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषि कर्म र व्यवसायिक काममा फाइदै होला । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भएपनि सम्पादन हुनेछन्।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । टाढाको यात्रा हुने पनि देखिन्छ ।आफन्तबाट टाढिनु पर्ने समय छ । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ । पढाइ लेखाइमा सामान्य प्रगति हुनेछ । सेवामूलक कामबाट धन लाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। व्यवसायमा आम्दानी बढ्ने देखिन्छ।
कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । मनग्य धन आर्जन हुनेछ । आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। सर सापटमा धन खर्च हुने समय छ। भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ।
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- स्वादिष्ट भोजनको आनन्द पाइएला । पहिलेको सफलताले थप हौसला जगाउनेछ । ब्यवसायमा प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । अरूको भर पर्दा धोका हुन सक्छ । परिस्थिति अनुसार चल्न नसक्ता दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । अवसर आएपनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अरूको सुझावमा भर नपर्नुहोला । कसैसँग सामान्य मनमुटाव पनि पर्न सक्छ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाँउबाट धन आर्जन हुनाले मन हर्षित होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । व्यापार व्यवसायमा लाभ हुनेछ । व्यवसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ।
