सर्वदलीय बैठक बस्दै, जेनजी प्रतिनिधिलाई पनि बोलाइयो
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने भएको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि बोलाइएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावालासँग निरन्तर छदफल गर्दै आएको छ ।
