प्रधानमन्त्री कार्की मलाई पक्राउ गर्न दबाव दिइरहनुभएको छ: ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गर्न दबाव दिइरहेकी बताएका छन्।

शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्नका लागि सम्पत्ति शुद्धिकरण विभागमा नेतृत्वनै परिवर्तन गरेको जिकिरसमेत गरिन्।

उनले सम्पत्ति शुद्धिकरण विभागमाथि प्रधानमन्त्री कार्कीले आफूलाई पक्राउ गर्न बारम्बार दबाब दिँदा पनि नमानेपछि त्यहाँका प्रमुखलाई सरुवा गरेर आफू अनुकलको व्यक्ति ल्याएको समेत बताए। अध्यक्ष ओलीले सरकारले राजदूत फिर्ता गरेर गर्नै नहुने काम गरेको आरोपसमेत लगाए।