महावीरको कटाक्ष-‘ओलीकुटी’ बनाउने इन्जिनियरलाई कारबाही गर्नुपर्छ
काठमाडौं। शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बनाउने भनिएको ‘ओलीकुटी’प्रति कटाक्ष गरेका छन्।
पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत एमाले नेता कार्यकर्ताको पहलमा भक्तपुर सूर्यविनायक नगरपालिकास्थित गुण्डुमा ओलीकुटी बनाउन लागिएको छ।
आकर्षक डिजाइनसहितको साढे दुई तलाको घर बन्ने भएपछि अहिले सामाजिक सञ्जालमा विभिन्न खालका टिप्प्णी भइरहेको छ। मन्त्री पुनले पनि इन्जिनियरलाई कारबाही गर्नुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका हुन्।
‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई सख्त कारबाही गर्नुपर्छ। अनि घोर बेइज्जती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो माग छ,ठट्यौली शैलीमा उनले लेखेका छन्,हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याऊ भनेपछि यत्रो ठूलो दरबारको नक्सा बनाइदिनु हुन्छ त उसले। कहाँ सम्मको लापरबाही हो यो, एकछिन रमाइलो।
