अङ्शु हत्या प्रकरणमा छिमेकी पक्राउ
काठमाडौं । मोरङ, लेटाङकी १३ वर्षीया अंशु गौतमको हत्या आरोपमा छिमेकी पक्राउ परेका छन्। लामो समयसम्म घटनाका दोषी पक्राउ नगरेको भन्दै प्रहरीको आलोचना भइरहेको बेला गौतमको हत्या आरोपमा छिमेकी पदम अधिकारी पक्राउ परेका हुन्।
५६ वर्षीय अधिकारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ। असोज २१ गते दिउँसो घरबाट निस्किएकी उनको बेलबारी चिसाङ सामुदायिक वनमा टाउको र शरीर छुट्टिएको अवस्थामा शव फेला परेको थियो।
पदमले उनको हत्या गर्नुपर्ने कारण तथा कसरी हत्या गरियो भनेर प्रहरीले केही खुलाएको छैन। यद्यपी अभिभावकसँगको पुरानो रिसइबीका कारण नियोजित हिसाबले अंशुको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।
