समानुपातिकतर्फ आवेदन दिएका दलले आज नाम फिर्ता लिन सक्ने

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दल दर्ताको निवेदन दिएकालाई नाम फिर्ता लिन आजको समय निर्धारण गरेको छ ।

आयोगले सूचना जारी गरी आज नाम फिर्ता लिन चाहाने दललाई बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्मको समय दिएको हो । आयोगमा १०० राजनीतिक दलले यस प्रणालीका लागि आवेदन दिएका छन्।

प्राप्त आवेदनमाथि आवश्यक अध्ययन गरी यही मङ्सिर २६ गतेसम्म स्वीकृत गर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा दिएको थियो।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष० निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् भने ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन्।