कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय सानेपामा बिहान ९ बजे बस्ने भएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई बोलाइएको छ ।

आफ्ना पूर्वकेन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।