‘म सरकारमा भएको भए भदौ २३ को घटनाको जिम्मेवारी लिन्थेँ’

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताउनुभएको छ।

सोमबार बिहान आयोजित कार्यक्रममा सार्वजनिक ओहोदामा बसेको मान्छेको नैतिकता ठूलो कुरा भएको जिकिर गरे। उनले नैतिक जिम्मेवारी लिँदैमा कोही सानो नहुने तर्क गरे।

‘सरकारले यसको जिम्मेवारी बोक्नुपर्छ । सार्वजनिक ओहोदामा बसेको मान्छेको मोरालिटी ठूलो कुरा हो। पोल्टिकल मोरालिटी अझ ठूलो कुरा हो। म यसको जिम्मा लिन्छु भन्दा कोही सानो हुँदैन’, उनले भने, ‘ ठूलो पदमा जो छ, उसले बढी जिम्मेवारी लिनुपर्छ। घटना कसरी भयो यसको छानविन हुँदै गर्ला तर यसको जिम्मेवारी सरकामा बस्ने साथीहरूले लिनुपर्छ । प्रधानमन्त्रीले लिनुपर्छ ।

उनले आफू पदमा भएको भए त्यसको जिम्मेवारी आफूले लिने बताए।