बढ्यो सुनचाँदी मूल्य,तोलामा कति ?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य ५५०० रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज बढेर तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो। जुन मूल्य हालसम्मकै उच्च हो।

यस्तै चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा ४ हजार २३५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।