अशोक राई,राजेन्द्र महतो र रेशम चौधरीको चुनाव चिह्न एउटै

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी जसपा, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले आगामी निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन्।

तीनवटै दलले नागरिक उन्मुक्ति पार्टी नाउपाको जाँतो चिह्नमा समानुपातिक तर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाउने तयारी गरेका छन्।

जसपा नेतृ सुशीला श्रेष्ठका अनुसार तीन दलबीच यस विषयमा सहमति भइसकेको छ। उनले भनिन्, हामीले एउटै चुनाव चिह्नमा समानुपातिक बन्द सूची बुझाउँदैछौं।