काठमाडौं उपत्यकाका ३ मालपोत कार्यालय प्रमुख हटाइए

काठमाडौं । काठमाडौं उपत्यकाका तीन मालपोत कार्यालयका प्रमुख फेरिएका छन् ।सरकारले काठमाडौंको चाबहिलका दीपेन्द्र खत्री, ललितपुर मालपोत कार्यालयका प्रमुख अशोककुमार भट्टराई र भक्तपुरका माधव घिमिरेलाई सरुवा गरेको हो।

भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङनामले केही समयअघि गरेको छड्के अनुगमनका क्रममा
कार्यालय प्रमुखहरुले बिचौलियाहरुसँग साँठगाँठ गरेको पाइएपछि सरकारले उनीहरुलाई सामान्य प्रशासन मन्त्रालयमा तानेको हो ।

तत्कालिन मन्त्री बलराम अधिकारीको पालामा कार्यालय प्रमुखका रुपमा ती कार्यालयमा सरुवा भएका उनीहरुलाई वर्तमान सरकारले हटाएको हो।