ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–७, होक्सेस्थित मदन भण्डारी लोकमार्गमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मदन भण्डारी लोकमार्गमा होक्सेबाट चुहाडे तर्फ आउँदै गरेको स १ त २८२५ नं को ट्याक्टर (सिमेन्ट घोल्ने मिक्सर मेसिन जडान भएको)ओरालोमा आफै अनियन्त्रित भई दुर्घटना हुँदा सोही ट्याक्टरमा सवार दुई जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका त्रियुगा नगरपालिका–६, जलजलेका ४३ वर्षीय राजा हुसेन अली र सोही वडा मोहनपुरका २६ कि आशा सदाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो।
घाइतेहरू त्रियुगा नगरपालिका–६, मोहनपुर बस्ने वर्ष ४० की समिद्रा सदाको विराटनगर स्थित न्युरो अस्पतालमा र वडा नं ६ जलजले बस्ने वर्ष ४५ को शम्भु सदाको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रनाउ दोङले जानकारी दिए।
दुर्घटनामा पश्चात ट्याक्टर चालक त्रियुगा नगरपालिका–६, बगरटोल बस्ने वर्ष ३० को बिलेतिय भन्ने मनोज साह घटनास्थलबाटै फरार रहेकोले निजको खोजतलास भइरहेको साथै उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

