हर्कले भने-अन्य पार्टीको थाहा छैन,हामीले चाहिँ नि:शुल्क टिकट दिइरहेका छौँ
काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभा निर्वाचन उम्मेदवारहरूलाई पार्टीले निस्शुल्क टिकट दिएको बताएका छन्। आज(बिहिबार) धरान उपमहानगरपालिकाका मेयर समेत रहेका उनले यस्तो बताएका हुन्।
उनले इमानदार र कर्मठ देश बनाउने जुझारु व्यक्तिलाई उम्मेदवार चुन्ने पनि बताए। उनले भने,अरु पार्टीले उम्मेद्वारको टिकट कतिमा बेच्छन् थाहा छैन,श्रम संस्कृतिले चाहिँ फ्रि अफ कष्टमा दिन्छ है,इमानदार र कर्मठ देश बनाउने जुझारु व्यक्तिलाई चुन्छ ।
उनी आफै सुनसरी–१ बाट चुनाव लड्ने घोषणा गरिसकेका छन्।
