जित्नैपर्ने खेलमा नेपालले स्कटल्याण्डको सामना गर्दै

काठमाडौं । आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेल स्कटल्याण्डविरुद्ध खेल्दैछ । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुने छ ।

समूह बी मा रहेको नेपालले यसअघि खेलेका ३ खेलमा २ अङ्कसहित समुहमा चौथो स्थानमा रहेको छ । नेपालले आज स्कटल्याण्डलाई पराजित गर्नुपर्ने दबाबमा रहेको छ । सुपर सिक्समा स्थान बनाउन नेपालका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ । त्यस्तै यसअघि २ खेलमा जित हासिल गरेको स्कटल्याण्ड राम्रो रनरेटसहित दोस्रो स्थानमा रहेको छ र जितले उसलाई सुपर सिक्समा पुर्‍याउने छ ।

त्यस्तै आजै समूह चरणका अन्य अन्तिम खेलहरुमा समूह बि को नेदरल्याण्डस र थाइल्याण्ड दिउसो १ बजे खेल्दै छन् । त्यस्तै बिहान ९ बजेदेखि समूह ए का अमेरिका र पीएनजी खेल्दैछन् भने दिउसो १ बजेदेखि नामिबिया र आयरल्याण्ड खेल्दैछन् ।