संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी: सचिव राई

भोजपुर। नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका उम्मेदवार शेरधन राईले संविधानको रक्षा, मुलुकको समृद्धि र भोजपुरको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूसँग भेटघाट कार्यक्रममा रहेका राईले आज एक भिडियो सामाग्री राख्दै भोजपुरे जनताको आवश्यकता, माग र चाहनालाई प्रतिनिधित्व गर्नका लागि आफू उम्मेदवार बनेको उल्लेख गरेका छन्।

उनले विगतमा निर्वाचित भएर धेरै काम सम्पन्न गरेको समेत बताएका छन्। उनले भनेका छन्– ‘धेरै योजनाहरू सम्पन्न भएका छन्, बनिरहेका छन्, कतिपय विकास निर्माणका कामहरू अधुरा,अपुरा रहेकाले उक्त योजना सम्पन्न गराउन मेरो उम्मेदवारी हो।