सम्पत्ति शुद्धिकरणका अपराधीको सम्पत्ति जफत गर्न ढिलाइ नगरौँ: अर्थमन्त्री खनाल
काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ)सम्बन्धी अपराधमा संलग्न व्यक्तिहरूको सम्पत्ति तत्काल जफत गनुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय संस्थाहरू एफएटिएफ (फाइनान्सियल एक्सन टास्क फोर्स) र एपीजी (एसिया प्यासिफिक ग्रुप)का प्रतिनिधिहरूले नेपालको प्रगतिप्रति चासो व्यक्त गरिरहेको सन्दर्भमा आज सम्पत्ति शुद्धिकरण विभागले गरेको एक कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।
उनका अनुसार नेपालको यस विषयमा गरेको प्रगति अझै पनि कमजोर रहेकाले ग्रेलिस्टबाट बाहिर आउन कठिन रहेको छ। उनका अनुसार एफएटिएफ र एपीजीका प्रतिनिधिहरूले नेपालको प्रयास सन्तोषजनक नभएको बताइरहेका छन्।
उनीहरुले अनुसन्धान, छानबिन र मुद्दा दायर गर्ने निकायहरूलाई त्यस्तो प्रमाण पेश गर्न भने पनि अहिलेसम्म प्रमाण दिन नसकिएको बताए।
सम्पत्ति शुद्धिकरणको अपराधमा उनीहरुको सम्पत्ति जफत गरेका प्रमाण आगामी दिनमा प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायसमक्ष पेश गर्ने हो भने नेपाल छिट्टै ग्रेलिस्टबाट बाहिर निस्कनेसमेत अर्थमन्त्री खनालले बताए।
