लाइसेन्स परीक्षामा ६० प्रतिशत चिकित्सक फेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको नाम दर्ता लाइसेन्स परीक्षामा ६० प्रतिशत चिकित्सक फेल भएका छन् ।

रजिष्ट्रार डा। सतिस कुमार देवका अनुसार एमबीबीएस र बीडीएसको ७४औँ लाइसेन्स परीक्षामा मात्र ३९.४५ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा मंगलबार र बुधबार कम्प्युटर विधिबाट परीक्षा सञ्चालन भएको थियो । परीक्षामा ९४३ मध्ये ३७२ जना मात्रै पास भए ।

लाइसेन्स परीक्षाका लागि एमबीबीएस र बीडीएसमा कुल ९६७ जनाले फारम भरेका थिए । उनीहरूमध्ये २४ जना अनुपस्थित थिए ।

एमबीबीएस स् ७९३ जनाले फारम भरेका थिए, ७७५ सहभागी, ३०० जना (३८.७५५) मात्र उत्तीर्ण।

बीडीएस स् १७४ जनाले फारम भरेका थिए, १६८ सहभागी, ७२ जना (४२.८५५५) मात्र उत्तीर्ण।

यो नतिजाले चिकित्साशास्त्र पढाउने विश्वविद्यालय र कलेजहरूको शैक्षिक गुणस्तरमाथि प्रश्न उठाएको छ तर डा। देवका अनुसार अघिल्ला परीक्षासँग तुलना गर्दा यसपटक अनुत्तीर्ण हुनेहरूको संख्या अपेक्षाकृत कम रहेको छ ।