आज माघ १५ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

मेष- नयाँ कामको प्रस्ताव आएपनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । दीर्घकालीन लाभ हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमताले मान सम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी फाइदा दिलाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानी बढ्नेछ।

वृष- आज सोचेको काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ, साथै अन्न लाभ पनि हुनेछ । नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइएला भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहन सक्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट समेत टाढिनुपर्ने समय छ।

मिथुन- नसोचेको ठाउँबाट धन लाभ हुने देखिन्छ । बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । काम बिग्रने डरले सताइरहनेछ । बेसुरमा बचन दिने बानीले दुःख पाइनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । आफ्नै कमजोरीका कारण विवादमा पर्न सकिने भएकाले सचेत रहनुहोस्।

कर्कट- आज धन लाभको सम्भावना छ, साथै टाढाको यात्राको योग पनि रहेको छ । दिन रमाइलोसँग बित्नेछ । कृषिबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

सिंह- मसलाजन्य खानाबाट विशेष सावधान रहनुहोला, रोग निम्तिन सक्छ । पारिवारिक भेटघाटको समय छ। विशेष व्यक्तित्वलाई भेट्ने मौका मिल्नेछ । ठूलै फाइदाको आश्वासन पाइनेछ । विशेष योजनाहरू बन्नेछन् । टाढिएका साथीभाइ नजिकिँदा हर्ष बढ्नेछ।

कन्या- राम्रो कर्म फल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हात लागि हुनेछ। असंयमित व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोस्। बलभन्दा बुद्धिको उपयोग गर्न सके फाइदा हुनेछ। आज अनायासै धन खर्च हुन सक्छ । आम्दानी बिगार्नेहरू सक्रिय हुन सक्छन् । सोचेभन्दा कम फाइदा मिल्नेछ।

तुला- पारिवारिक जमघटमा मन रमाउनेछ । तर भेटघाटको अलमलले नोक्सान पुर्‍याउन सक्छ । प्रतिस्पर्धीहरू परास्त हुनेछन् । सहयोगीहरूले राम्रो साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । अवसर आएपनि त्यसबाट लाभ उठाउन नसकिएला । ठूलो प्रयास गर्दा सामान्य फाइदा हुनेछ ।

वृश्चिक- अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा लगानी गर्ने समय छ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय हो । प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।

धनु- मेहनतले प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रो फाइदा हुनेछ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । तर सहयोगीहरूबाट धोका पाउने सम्भावना रहेकाले सचेत रहनुहोस् । काममा आलस्य जाग्ने र खर्च बढ्ने देखिन्छ । बन्ने निश्चित भएको काम अचानक बिग्रन सक्छ।

मकर- लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रो मूल्यांकन हुनेछ । साझेदारीमा फाइदा हुनेछ । उपहारका नाममा बिग्रिएको वस्तु हात लागि हुन सक्छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ तर पेटको समस्याले सताउन सक्छ । प्राप्त न्यून उपलब्धिले मन सन्तुष्ट नहुन सक्छ । नयाँ काम सुरु गर्न केही समय पर्खनु राम्रो हुनेछ।

कुम्भ- अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत प्राप्त हुनेछ । विभिन्न अवसरहरूले पछ्याउने छन् । बोलीको प्रभाव र कार्य सम्पादन क्षमता बढ्नेछ । तर अनावश्यक वादविवादमा पर्ने समय भएकाले सतर्क रहनुहोस् । आफ्नै क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

मीन- होसियारी पूर्वक काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । सानो प्रयत्नले पनि राम्रो लाभ उठाउन सकिनेछ। कृषि कर्म र व्यवसायिक काममा मनग्य फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदाको योग छ।

#राशिफल @hamroonline