बालेनको घरको गेट फुटाइयो, चोरीको आशङ्का
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा)का वरिष्ट नेता बालेन्द्र शाह (बालेन)को काठमाडौंस्थित घरको गेट तोडफोड भएको छ।
शुक्रवार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएका हुन्। चोरले गेट फुटाएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ। चोरीको आशङ्कामा प्रहरीले अनुसन्धान गरिरहेको छ।
स्रोतका अनुसार हिजो साँझ करिब साढे ६ बजेतिर चोरी भएको हो । चोर समूहले सुनका गरगहना,नगद रकम र केही चरेसका थालसमेत लगेको बुझिएको छ ।
चुनावी प्रचारका लागि पश्चिम नेपालको यात्रा गरिरहेका साह जुम्लासम्म पुग्ने योजना भए पनि घर चोरीको खबर पुगेसङ्गै अन्तिम समयमा कार्यक्रम स्थगित गरेर हतार हतार काठमाडौं फर्किएका छन् ।
घटनाबारे जानकारी भए पनि साहकै घर असुरक्षित भएको सन्देश सार्वजनिक रूपमा जान सक्ने भन्दै उक्त विषयलाई हाल गोप्य राखिएको उच्च स्रोतले बतायो । प्रहरी टोली अहिले मुचुल्का उठाउन उनको घर जान लागेको छ ।
यसैबीच,चुनावी प्रचारका लागि पश्चिम नेपालको यात्रा गरिरहेका साह जुम्लासम्म पुग्ने योजना भए पनि घर चोरीको खबर पुगेसङ्गै अन्तिम समयमा कार्यक्रम स्थगित गरेर हतार हतार काठमाडौं फर्किएका छन् ।
