काठमाडौं छाडेर जाँदा आँसु लुकाउन सकिन: गगन थापा
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं-४ छाडेर सर्लाही जाने निर्णय लिँदा निकै कठिनाइ भएको बताएका छन्। शनिवार काठमाडौं-४ कांग्रेसको निर्वाचन परिचालन मूल समिति गठन तथा घोषणा समारोहमा बोल्दै थापाले निर्णय लिँदा आफूले आँसु लुकाउन नसकेको बताएका हुन्।
उनले भने, निर्णय गर्दा साथीहरू रोइराख्नुभएको थियो म रोएको थिएँ। सिङ्गो देशको नेतृत्व गर्दा मधेशलाई अँगालो हाल्नुपर्छ । मधेशलाई काठमाडौंसँग जोड्न चाहन्छु । म फुटाउने होइन जोड्ने राजनीति गर्छु।
आफूलाई काठमाडौं–४ छाडेर गएको नभनिदिन पनि उनले आग्रह गरे । उनले भने,छोडेर गएको नभन्दिनुहोला,मलाई दुख्छ।आफू काठमाडौंमै रहेको बताउँदै नयाँ जिम्मेवारी भएकाले मधेश बदल्न मात्रै गएको उनले बताए। ‘म यही छु। मैले धेरै जीवन तपाईँहरूसँगै बिताएको छु। मधेशका मुद्दा बदल्न चाहन्छु,’ सभापति थापाले भने।
आफूले तीन पटक निर्वाचन जित्दा काठमाडौं-४ ले धेरै माया दिएको उनले स्मरण गरे। ‘०७९ मा पनि मलाई डर थियो। तर, मलाई डरबाट बाहिर निकाल्नुभयो। अवस्था त्यस्तै थियो,उनले भने,‘सर्लाहीमा भेटेका मान्छेलाई पनि यही भनेको छु। मलाई कांग्रेस भनेर होइन, सबैले भोट हालेर माया गर्नुभएको हो।
अहिले काठमाडौं-४ मा अघिल्लो निर्वाचनभन्दा सहज हुनेवाला रहेको सभापति थापाले दाबी गरे।सकारात्मक वातावरण थियो। अन्तिमसम्म यहीँबाट लड्नुपर्छ भन्नुभएको थियो । अन्य दलका मान्छेले पनि भन्नु भएको थियो। तपाईं चाहिन्छ भन्नुभएको हो,थापाले भने।
