यस्तो रहनेछ आजको मौसम ?

काठमाडौं। तराईका केही स्थानमा अहिले तुवाँलो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ। एकदुई स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ साथै कोशी र मधेश प्रदेशमा आंशिक बादल लागेको छ।

सोमबार तराई भूभागका केही स्थानमा हुस्सुरकुहिरो रहनेछ। देशका हिमाली भू‍भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भू‍भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।