सुन तोलाको १३ हजार ४ सयले घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको १३ हजार ४ सयले घटेर तोलाको २ लाख ८६ हजार ६०० सयमा कारोबार भइरहेको छ। यसअघि आइतबार सुन तोलाको ३ लाखमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३०० रुपैयाँले घटेर तोलाको ५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५ हजार ५ सयमा कारोबार भएको थियो।
