नेताको पैसा खाँदा पाप लाग्दैन,गलत मान्छेलाई भोट हाल्दा पाप लाग्छ: रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेताले बाँडेको पैसा लिँदा ‘पाप नलाग्ने’ टिप्पणी गरेका छन्। आज मधेश प्रदेशमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘पैसा खर्च गरेर मधेशको भोट परिवर्तन गर्नेहरूलाई खबरदारी गर्नुहोला। पैसाले भविष्य बेच्ने होइन, पैसामा आफ्नो भविष्य नबेच्नुहोला,उनले भने,कसैले दिए भने लिए हुन्छ,किनकि त्यो हाम्रो चोरेको पैसा हो। आफ्नै पैसा चोरेर लिएर गएर हामीलाई नै बाँड्छ भने आफ्नै पैसा लिँदो पाप लाग्दैन। तर, गलत मान्छेलाई भोट हाल्दा पाप लाग्छ।
