साँखु जाने सडकमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ स्थित चाबहिल साँखु सडकमा भेटिएको शङ्कास्पद बस्तु सुरक्षाकर्मीहरूले डिस्पोज गरेका छन् ।

इन्द्रायणीमा भेटिएको शङ्कास्पद बस्तु डिस्पोज पारिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। सशस्त्र प्रहरीको सुरक्षा बेस थलीबाट मोबाइल गस्तीमा खटिएका इनस्पेक्टर परशुराम थापा नेतृत्वको टोलीले शङ्कास्पद बस्तु देखेपछि सेनालाई खबर गरेका थिए। डिस्पोज गर्दा सो बस्तु बोरामा ढुङ्गा राखेर सडकमा राखेको थाहा भएको छ।

सेनाको रणचण्डी गण सुन्दरीजलको बम डिस्पोजल टोलीले बिहान करिब ६ बजेतिर सो बस्तु निष्क्रिय बनाएपछि सड्क सुचारु भएको छ।