भेरीमा आमा,छोरा र छोरी बेपत्ताको आशंका,खोजी जारी

वीरेन्द्रनगर ।सुर्खेतमा आमा छोरा र छोरी भेरी नदीमा बगेर बेपत्ता भएको आशंकामा खोजी भइरहेको छ। गुर्भाकोट नगरपालिका– १२ की ३१ वर्षीया माया कठायत, उनकी ११ वर्षीया छोरी र ६ वर्षका छोरा भेरी नदीमा बेगेर बेपत्ता भएको आशंकामा खोजी भइरहेको सुर्खेतका प्रहरी प्रमुख एसपी धिरजराज शाहीले जानकारी दिए।

एसपी शाहीका अनुसार आइतबार दिउँसोदेखि खोजी कार्य जारी रहे पनि फेला पार्न सकिएको छैन।

वडाध्यक्ष तुल्सीप्रशाद शर्माले गुर्भाकोट – १२ खैरेनी टापुस्थित भेरी नदीको किनारमा मायाको सल, छोरा छोरीका चप्पल, कपडा, ब्याग र पैसासमेत फेला परेको बताए।

बेपत्ता माया ३३ वर्षीय भूपेन्द्र कठायतकी श्रीमती हुन्। वडाध्यक्ष शर्माका अनुसार घटना भन्दा तीन दिन पहिले भूपेन्द्र र मायाको घरमा झगडा परेको थियो। अहिले प्रहरीले उनीहरुको खोजी गरिरहेको छ।