सुनचाँदीको मूल्यमा घट्यो,तोलामा कति ?

काठमाडौं। बिहीबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ४ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ तय गरेको छ।

अघिल्लो दिन ३ लाख ७ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। सुनको भाउ केही सातायता घटिरहेको छ। गत माघ १५ गते हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँको रेकर्ड मूल्य बनेको छ।

त्यस्तै चाँदीको भाउ तोलामा १४० रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार १५० रुपैयाँ रहेको चाँदी यस दिन ५ हजार १० रुपैयाँ कायम भएको छ। चाँदी पनि गत माघ १५ गते हालसम्मकै उच्च ७ हजार ५०५ रुपैयाँ पुगेको थियो।