सिंहदरबारमा सर्वदलीय बैठक जारी

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । बैठकमा प्रतिनिधिसभा बैठक सञ्चालनको तयारीको विषयमा छलफल चलिरहेको भइरहेको छ।

सङ्घीय संसद् सचिवालयको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलका प्रतिनिधिहरू सम्मिलित अनौपचारिक बैठक बसेको हो। सिंहदरबारस्थित संसद् सचिवालयका महासचिवको कार्यकक्षमा जारी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रतिनिधिहरू सहभागी छन् ।

समानुपातिकतर्फ निर्वाचित सदस्यहरूले बिहीबार निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरे । बिहीबार नै निर्वाचन आयोगले निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउँदै छ । यो पृष्ठभूमिमा संसद् सञ्चालनको तयारीको विषयमा सर्वदलीय बैठक बसेको हो ।

सांसदहरूको शपथका लागि मिति सार्वजनिक गर्ने तयारीमा रहेको सङ्घीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए । उनका अनुसार यी लगायतका विषय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरिएको हो । संसद् सचिवालयका अनुसार चैत १२ गते शपथ गराउने तयारी छ।