रास्वपाले १८ सदस्यीय मन्त्रिपरिषद बनाउने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ सदस्यीय मन्त्रिपरिषद बनाउने गृहकार्य सुरु गरेको छ। २१ फागुनको निर्वाचनबाट प्रचण्ड बहुमतसहित सरकार सञ्चालनको संघारमा पुगेको रास्वपाले १८ सदस्यीय मन्त्रिपरिषद गठनको तयारी गरेको हो।
रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले १८ सदस्यीय मन्त्रिपरिषद बैठक गठनको प्रयास भइरहेको जानकारी दिए। उनका अनुसार यसक्रममा केही मन्त्रालय गाभ्ने कि मन्त्रीहरुलाई दोहोरो जिम्मेवारी दिने भन्ने विषयमा छलफल चलिरहेको छ।
‘मन्त्रालयको संख्या र मन्त्री बन्नेहरुको नामावली टुंगो लागिसकेको छैन। तर हामी सकेसम्म १८ वा त्योभन्दा कम गर्ने गरी छलफलमा छौं, उनले भने।
यही चैत १३ गते रास्वपा बरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री पदको शपथ ग्रहण कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीको शपथ ग्रहणकै बेला सबै मन्त्रीहरुले पनि शपथ ग्रहण गर्ने गरी तयारी भइरहेको जानकारी उनले दिए।
